Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीविरुद्द माधव पक्षले कायरता प्रदर्शन गरेको बाबुरामको टिप्पणी

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द कायरता प्रदर्शन गरेको भन्दै बेठीकको समर्थन गरेजस्तै भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले नेपाल पक्षको निर्णयलाई कायरताको संज्ञा दिंदै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

ट्वीटरमा उनले लेखेका छन्, 'ठीक र बेठीक वीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो।कहिले बेठीकहरू वीचमानै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो ! अहिले ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक छ;अत:विरोध गरौं!'

https://twitter.com/brb1954/status/1391648700389158913

केही बेरअघि मात्रै नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने, बैठकमा सहभागी नहुने र राजिनामा पनि नदिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077