Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना संक्रमित सांसदहरुलाई संसद भवन छिराइयो

काठमाडौं । कोरोना संक्रमित सांसदहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको मतदान प्रक्रियामा सहभागी गराउनका लागि संसद भवन बाहिर टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठक आज बस्दै छ । सो बैठकमा सहभागी हुन सांसदहरु नयाँबानेश्वरस्थित संसद भवन जाने क्रम जारी छ । कोरोना संक्रमण परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाहरुलाई मात्रै संसद भवनमा प्रवेश दिइएको छ ।

संसद सचिवालयले यसअघि नै कोरोना संक्रमित सांसदहरुलाई संसद बैठकमा सहभागी नगराउने र मत विभाजनमा भने सहभागी गराउने निर्णय गरेको थियो ।

संघीय संसद सचिवालयले कोरोना परीक्षण गराउँदा २६ जना सांसदहरुमा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077