Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

कास्की । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठकमा मुख्यमन्त्री गुरुङले नै राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न थप आवश्यक नभएको भन्दै अन्त्य भएको हो।

गण्डकी प्रदेशसभाका सचिव हरिराज पोखरेलका अनुसार प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन्।

प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान समेत गरिसकेकी छन् ।

मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077