Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकबारे रविन्द्र मिश्र भन्छन् - सिनेमा हेर्दै मनोरञ्जन लिइरहेछु

काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रतिनिधिसभामा चलिरहेको बैठकलाई सिनेमाको संज्ञा दिएका छन्।

आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि भएको सम्बोधनका क्रममा परमुख राजनीतिक दलका शीर्ष नेताहरुले एक अर्कालाई लगाएको आरोपमा सिनेमाको संज्ञा दिएका हुन्।

सामाजिक सञ्जालमा संयोजक मिश्रले बैठकका सम्बोधनलाई उधृत गर्दै आफुले सिनेमा हेर्दै मनोरन्जन लिएको ठट्टा समेत गरेका छन्।

उनले ट्वीटरमा लेखा छन्, 'एउटा यस्तो सिनेमा हेर्दैछु, जहाँ एउटा 'अपराधी'ले आर्को 'अपराधी'लाई पालैपालो 'अपराध'को आरोप लगाइरहेछन् । र, म दर्शकका रुपमा मनोरञ्जन लिइरहेछु। तर विडम्वना के भने, मजस्ता दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनिरहने छन्। र, म हेरिनै रहेको हुनेछु। यो विडम्वनालाई कसरी तोड्ने होला ?

https://twitter.com/RabindraMishra/status/1391692278146625537

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077