Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मिति तोकिसकेका अवस्थामा संसद अधिवेशन अन्त्यको निर्णय गराएर शीतलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठकको मिति तोकिसकेका अवस्थामा काम चलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गराएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ ।

मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १२४ मत परेको थियो ।

बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसे । ३४ सांसद भने अनुपस्थित रहे ।

अनुपस्थित ३४ मध्ये २८ जना सांसद ओलीकै पार्टी नेकपा एमालेका थिए । २७ वैशाख, काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077