Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बिन्ती छ प्रधानमन्त्रीज्यू, अक्सिजनको व्यवस्था गर्नेतर्फ लाग्नुहोस्: गगन थापा (भिडिओ)

काठमाडौँ। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अरू सबै कुरा छाडेर अक्सिजनको व्यवस्थापन गर्न आग्रह गरेका छन्।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेकाथापाले अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामी र उनीहरूका आफन्तले दुस्ख पाएको उल्लेख गर्दै अक्सिजन आपूर्ति तथा वितरणको गाँठो फुकाउनसमेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत् एक भिडिओ संदेश जारी गर्दै थापाले जनताको जीवन जोगाउन तत्काल पहल गर्न अनुरोधसमेत गरेका छन्।

https://twitter.com/thapagk/status/1392013744117489666

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077