Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कोरोना संक्रमणबाट मुक्त हुँदै प्रकाश सपुतले भने - आमा पनि संक्रमित हुनुहुन्छ

काठमाडौंँ । गायक प्रकाश सपूत कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

गत वैशाख १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी)मा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएका सपुत करिब १२ दिनपछि मुक्त भएका हुन्।

मंगलबार सामाजिक सञ्जालमा पोष्ट गर्दै आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘नाता र भावनाले जोडिएका आफन्त इष्टमित्र एवम् कलाकारिता मार्फत जोडिनु भएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ ।’

यस्तै, उनको आमालाइ भने निको नभएको र अहिलेपनि आइसोलेसनमै रहेको बताएका छन्। उनले लेखेका छन् आमा पनि संक्रमित हुनुहुन्छ । बलियो आत्मविश्वासका साथ जुधिरहनुभएको छ । आमाले पनि कोरोना जित्नुहुनेछ ।'

https://www.facebook.com/prakash.saput/posts/4074452655927493

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077