Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेठ १७ गते सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय, भारततर्फ भने यथावत्

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।

आज पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आगामी जेठ १७ (मे ३१) गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द कायमै रहने जनाएको छ ।

विज्ञप्तिमा एयर बबल सुविधा अनुसार भारत र नेपालबीच सातामा दुईपटक हुने उडानबाहेक अन्य व्यवसायिक उडानमाथि लगाइएको रोक कायमै हुने उल्लेख गरिएको छ।

यस्तै, अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्नको लागि सरकारले बिमान कम्पनीहरुलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077