Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई दावी गर्दै गठबन्धनद्वारा प्रदेश प्रमुखलाई पत्र

कास्की। गण्डकी प्रदेशमा विपक्षी दलहरुले नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीलाई दावी गरेका छन्।

आज कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले प्रदेश प्रमुख सीता पौडेल समक्ष पत्र बुझाउदै कांग्रेस संसदीय दलका नेता नेपालीलाई मुख्यमन्त्रीमा दावी गरेको हो।

यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय भित्र बहुमतको सरकार गठनका लागि आह्रवान गरेकी थिइन् ।

उनले दिएको समय आज ४ बजे सकिने भएकाले तोकिएको समयभित्रै चार दलको गठबन्धनले पत्र बुझाएको राजमोकी सचेतक पियारी थापाले बताईन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077