Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा अध्यक्ष ठाकुरको बठ्याई, सांसदहरुलाई बबरमहल बोलाएर भक्तपुरको रिसोर्टमा पुर्याए

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरुलाई रिसोर्टमा राखेका छन्।

आज दिउँसो काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि अध्यक्ष ठाकुरले आफू पक्षीय सांसदहरुलाई छलफल गर्न बबरमहल बोलाएर भक्तपुरको एक रिसोर्टमा लगेर थुनेको बताइएको छ।

जसपाकै उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष देउवाको नेतृत्वमा बहुमतको सरकार निर्माणको पक्षमा उभिएका बेला ठाकुरले आफूनिकट १३ जना सांसदलाई रिसोर्टमा लगेर थुनेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति नौ बजेसम्ममा संविधानको धारा ७६ ९२० अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेसंगी उक्त समयभित्र राष्ट्रपति समक्ष निवेदन दिने काँग्रेसको तयारी छ ।

अब देउवालाई बहुमतका लागि नेकपा एमालेको नेपाल पक्षमा निर्वाचित सांसदको राजीनामा अनिवार्य भएको छ । नेपाल पक्षले राजीनामा नदिए जसपाको अर्को पक्ष उपेन्द्र र बाबुराम पक्षले साथ दिए पनि देउवा प्रधानमन्त्री बन्न सक्ने अवस्था छैन । नयाँ सत्ता समीकरण बन्न १ सय ३६ जना सांसद आवश्यक हुन्छ । काँग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ र जसपासँग ३२ सांसद छन् । तर जसपाका १३ जना सांसदले साथ नदिँदा बहुमत नपुग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077