Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विवादास्पद व्यापारीको घरमा वार्ता गरेपछि माधव नेपाल बालुवाटार प्रवेश

काठमाडौं। नयाँ सरकार गठनमा दाबी गर्दै आएका मुख्य दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेसँगै बालुवाटारमा केपी ओलीको सक्रियता बढेको छ।

विवादास्पद व्यापारी रामेश्वर थापाको घरमा वार्ता गरेपछि नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल बालुवाटार प्रवेश गरेका छन् ।

बालुवाटारमा दुई नेताबीच वार्ता भइरहेकै बेला जसपाका नेता महन्त ठाकुर र राजेन्द्र महतो पुगेको उच्च स्रोतले जानकारी दियो ।

उनीहरुबीच सत्ता समिकरणको विषयमा छलफल भएको छ । उनीहरुबीच बहुमतको सरकार बनाउने विषयमा वार्ता भएको स्रोतले जनाएको छ ।

आजै माधव समुहका ४ जनालाई मन्त्री बनाउने तयारी समेत रहेको बताइएको छ ।

माधव समुहले पनि साथ दिने र जसपाका १६ सांसदले साथ दिए ओली सरकार नै बहुमतको बन्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077