Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त ,भोली सपथ लिने

    केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त ,भोली सपथ लिने

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 8.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संबिधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधीसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । ओलीको सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ ।



    राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको थियो।



    प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् ।

    प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ । नभए धारा ७६९५० अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए  मध्यावधि चुनावको घोषणा गर्नु पर्ने हुन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार