Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सर्वोच्चले प्रधानमन्त्रीको शपथविरुद्धको रिटमा अन्तरिम आदेश दिन मानेन

    सर्वोच्चले प्रधानमन्त्रीको शपथविरुद्धको रिटमा अन्तरिम आदेश दिन मानेन

    १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

    आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलाशले ओली शपथविरुद्दको रिटमा अस्वीकार गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।



    ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनि आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नू ।’ न्यायाधीश जबराको आदेशमा भनिएको छ।



    प्रधानमन्त्री ओलीको ‘त्यो पर्दैन’ भन्ने सपथविरूद्ध सर्वोच्चमा रिट दर्ता, भोलि नै सुनुवाई हुने

    ओलीको ‘त्यो पर्दैन’ सपथविरूद्धको रिटमाथि आज सुनुवाई हुँदै

    यसअघि सोमबार सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केशीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै  रिट दर्ता गराएका थिए।

    राष्ट्रपतिलाई पनि टेरेनन् प्रधानमन्त्रीले, सपथ खुवाउँदा उल्टै ‘त्यो पर्दैन’ भनेपछि…

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए। प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोर्‍याएकी थिइन्।

    प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए ।

    प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ भन्ने शब्दले राष्ट्रपति संस्थाको मानमर्दन गरको रिट निवेदकले जिकिर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार