Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बजेटबारे प्रधानमन्त्री भन्छन् – संसद् जिउँदै छ

    बजेटबारे प्रधानमन्त्री भन्छन् – संसद् जिउँदै छ

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याउने संकेत दिएका छन् ।

    ओलीले ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिदै नियमित प्रक्रियाबाटै बजेट आउने बताएका हुन् ।



    आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टीका नेता माधवकुमारसँगको छलफलपछि बाहिरिँदै गर्दा ओलीले भने, ‘पार्लियामेन्ट जिउँदै छ ।’



    एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (३) अनुसार संसद्को ठूलो दलका हैसियतमा प्रधानमन्त्री बनेकाले कतिपयले अध्यादेशबाट बजेट ल्याइन सक्ने अनुमान गरिरहेका बेला  प्रधानमन्त्री ओलीले भने संसदबाटै बजेट ल्याउने संकेत दिएका हुन्।

    यसका लागि संसदमा प्रधानमन्त्री ओलीले बहुमत जुटाउनुपर्ने हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार