Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • संसद् विघटनविरुद्धको मुद्दामा आज बहस सकिँदै

    संसद् विघटनविरुद्धको मुद्दामा आज बहस सकिँदै

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आज बहस सकिँदै छ।

    आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट कानून व्यवसायीले बहस गरेका थिए। त्यससँगै निवेदक कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट कानून व्यवसायीले जवाफी बहस गरेका थिए।



    अब बहसका लागि चार घण्टा समय मात्रै बाँकी छ। जसमा दुई घण्टा निवेदक तर्फकै कानून व्यवसायीले बहस गर्नेछन्। वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्ने भएका छन्।



    त्यसपछि अदालतका सहयोगी (एमिकस क्युरी)ले दुई घण्टा बहस गर्नेछन्। उनीहरूको बहस पनि आजै सकिने अदालत स्रोतले जनाएको छ।

    सबैको बहस सकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश सुनाउनेछ। त्यसका लागि संवैधानिक इजलासले एक दुई दिन समय लिनेसक्ने बताइएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उनले कात्तिक र मंसीरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्।

    त्यसका विरुद्ध देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उनीहरूले प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशमा माग गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार