Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • संसद् अवरोध खुलाउन सभामुख घिमिरेसहित शीर्ष तीन दलबीच छलफल

    संसद् अवरोध खुलाउन सभामुख घिमिरेसहित शीर्ष तीन दलबीच छलफल

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 687
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरिररहेको संसद् अवरोध खुलाउन प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

    सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।



    बैठकमा  कांग्रेस मुख्य सचेतक रमेश लेखक, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका सांसद तथा कार्यव्यवस्था समिति सदस्य रामहरि खतिवडा लगायत छन् । बैठकमा राप्रपा र रास्वपालाई बोलाए नबोलाएको बारे केही बताइएको छैन ।



    सदनको अवरोध हटाउन र संसदीय समितिका सभापतिको निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको हो । साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरोध गर्दै आएको छ ।

    एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए । सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार