Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारी अस्पतालका निर्देशकको विलौना: बिरामीलाई भनेर राखेको अक्सिजन पुलिसका हाकिमले लगे

काठमाडौँ। नयाँ भेरियन्टको कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएपछि देशभर संक्रमितको संख्या उच्च रहेको छ भने संक्रमणबाट मृत्यु हुनेहरुको दर पनि बढ्दै गएको छ।

कोरोनाको कहरपछि पछिल्ला दिनहरुमा देशभर रहेका अस्पतालहरुमा मेडिकल अक्सिजनको अभाव भएको छ। देशका सरकारीदेखि नीजी प्राय सबै अस्पतालहरुले अक्सिजनकै कारण देखाउदै नयाँ बिरामी भर्ना समेत नलिने सरकारलाई जानकारी गराएको छ।

यसैबीच, देशकै पुरानो सरकारी वीर अस्पतालमा समेत अक्सिजनको अभाव भएको पाइएको छ। वीरकै समन्वयमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन अभाव भएको र केही अक्सिजनहरु बिरामीको लागि जोहो गरेको बेला नेपाल प्रहरीका हाकिमले लागेको भन्दै अस्पतालका निर्देशकले बिलौना गरेका छन्।

बिहीबार साँझ देशका नेता र ठूलाबढाहरु सत्ताको लागि लडाई गरिरहेका बेला सरकारी अस्पतालका डाक्टर सन्तोष पौडेलले सामाजिक संजालमा पोष्ट गर्दै बिलौना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077