Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाबुरामले सरकारसँग भने- जनताको ज्यान रहे राजनीति गर्दै गरौंला

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको केही समय देशको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा केन्द्रीत हुनुपर्ने बताएका छन्।

जनताको जीउज्यान रहे राजनीति हुदैगर्ला भन्दै पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत् यस्तो आग्रह गरेका हुन्।

ट्वीटरमा उनले लेखेका छन्, 'अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड-१९ नियन्त्रणको अर्थ-राजनीतिमा केन्द्रित होऊॅ। तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन र वितरण, बेड र उपकरण, जनशक्ति, खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं ! जनताको जीउज्यान रहे राजनीति हुॅदैगर्ला!'

https://twitter.com/brb1954/status/1393100638074986500

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077