Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजेन्द्र महतो जसपा संसदीय दलको नेतामा चयन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरेको छ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका नेता महतोलाई बहुमतको आधारमा दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए ।

अरगरियाका अनुसार २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको र भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउने तयारी भएको छ।

संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने सहभागी भएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077