Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देवकोटाको उमेदवारीमा हामी संलग्न छैनौं :सुरेन्द्र पाण्डे

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध उम्मेद्वारी दिएका खिमलाल देवकोटा आफूहरुको उम्मेद्वार नभएको बताएका छन्।

यसअघि एमालेभित्रको विवाद चर्किँदै जाँदा पार्टीकै नेपाल पक्षले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर योजनाविद डा खिमलाल देवकोटालाई राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरेको थियो।

तर, पछिल्लो समय माधव पक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग सहमति नजिक पुगेको चर्चा चलेको बेला पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले देवकोटालाई आफूहरुले उम्मेद्वार बनाएको भन्दा पनि माओवादी केन्द्र र नेपाली कांग्रेसको प्रस्ताव र समर्थनमा आफुहरुले पनि समर्थन जनाएको बताएका छन्।

के गर्ने भन्ने विषयमा आफूहरु छलफलका क्रममा नै रहेको भन्दै देवकोटाको विषयमा आफूहरु संलग्न नरहेको उनको भनाइ छ।

अहिले माधव नेपाल  पक्षले उठाउँदै आएको मुद्दालाई सम्वोधन गर्न प्रधानमन्त्रीसमेत रहेका ओली तयार भएपछि नेपाल पक्ष थापालाई नै समर्थन गर्ने अवस्थामा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077