Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर सांसद् गंगा चौधरीको घरमा ?

काठमाडौं। चीनले नेपाल सरकारलाई अनुदानमा दिएको अक्सिजन सिलिन्डरका केही थान सांसद् गंगा चौधरीको घरमा भेटिएको सामाजिक सन्जालमा सार्वजनिक भएपछि चौधरी विवादमा मुछिएकी छिन् ।

दाङबाट निर्वाचित एमाले सांसद चौधरी बस्ने बानेश्वरको ओमशान्तिचोकस्थित कोठामा केही थान सिलिन्डर भेटिएको भन्दै सामाजिक सन्जालमा एउटा भिडियो समेत पोस्ट गरिएको थियो । जसका कारण उनी विवादमा मुछिएकी उनीमाथि सिलिन्डर लुकाएको आरोप समेत लागेको छ।

तर, सांसद चौधरी आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आफ्नो जिल्लामा पठाउन जोहो गरिरहेको बताएकी छिन्। उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सिजन सिलिण्डर घरमा ल्याएर राखेको बताइन् ।

उनले भनिन्, ‘दाङको लमहीस्थित कोभिड आइसोलेसन सेन्टरका लागि जम्मा गरेका अक्सिजन सिलिण्डर हुन् । ती सिलिण्डर लिएर म अहिले दाङ आइसकेको छु ।’ उनले अस्पतालको माग फारम, स्वास्थ्य विभागले दिएको भर्पाइ लगायतका सबै कागजपत्र आफूसँग रहेको बताइन् ।

अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना संक्रमणको भयावह अवस्था रहेको भन्दै उनले अक्सिजन सिलिण्डरको जोहो गर्न आफूले प्रयास गरिरहेको बताइन् ।

ज्ञानेन्द्र शाही लगायतको समूहले योजनाबद्ध रुपमा आफ्नो कोठामा छापा मारेको र सरकारको बदनाम गराउन विपक्षीहरुले यस्तो षड्यन्त्र गरेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077