Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिंहदरवारमा ओली-नेपालबीच ‘वान टू वान’ वार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच 'वान टू वान' वार्ता भएको छ ।

पछिल्लो समय पार्टी भित्रको आन्तरिक द्वन्द र विवाद समाधानको प्रयासस्वरूप प्रधानमन्त्री समेत रहेका ओली र पूर्वप्रधानमन्त्री नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो।

प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार प्रधानमन्त्रीको कार्यकक्षमा ओली र नेपालबीच वार्ता जारी रहेको छ।

पार्टी भित्र असन्तुष्ट रहेको नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने र त्यसपछिका निर्णयहरु खारेज हुनुपर्ने माग राख्दै आएको छ।

यस्तै, वार्तापश्चात् दुई नेताले कार्यदलमार्फत विवाद समाधानको मस्यौदा माग्ने सहमति बमोजिम कार्यदल गठन हुने सम्भावना पनि रहेको छ ।

यसअघि पनि अध्यक्ष ओली र नेता नेपालबीच पटक पटक 'वान टू वान' वार्ता हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077