Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाभित्र थप तिक्तता, बालकुमारीमा ठाकुर-यादवबीच वार्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

पार्टीमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न पार्टी कार्यालय बालकुमारीमा दुई अध्यक्षबीच भेट भइरहेको जसपा नेता सुरेन्द्र झाले जानकरी दिए।

प्रधानमन्त्री चयनको विषयलाई लिएर जसपामा दुई धार देखिएको छ । पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई सहयोग गरेका बेला अर्का अध्यक्ष यादव र बाबुराम भट्टराई भने विपक्षमा उभिएका थिए ।

ठाकुर र महतोकै कारणले ओलीको निरन्तरता सम्भव भएको थियो। यस्तै, अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवसंग छलफल नगरी संसदीय दलको नेतामा महतोलाई चयन गरिसकेपछि पार्टीभित्र थप तिक्तता छाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077