Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ईश्वर पोखरेलका सल्लाहकारद्वारा झुटको खेती, चीनबाट व्यापारीले नै सिलिण्डर ल्याएको खुलासा

काठमाडौँ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अध्यक्ष एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलका सल्लाहकार गणेश पाण्डले संचारमाध्यममा नै झुटको खेती गरेको खुलासा भएको छ।

सल्लाहकार पाण्डेले चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको भन्दै भ्रमपूर्ण रुपमा प्रचार गरेको पाइएको हो ।

शनिबार सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले व्यापारिक प्रयोजनका लागि व्यवसायीहरुले १८ हजार सिलिण्डर चीनबाट ल्याउन लागेको उपप्रधानमन्त्री पोखरेललाई जानकारी दिएका थिए ।

तर, पाण्डेले उक्त सिलिण्डर चिनियाँ सरकारको अनुदान सहयोगमा चीनबाट स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको भन्दै राष्ट्रिय समाचार समिति राससलाई जानकारी दिए। जसअनुसार राससको अन्य मिडियामा स्वभाविक रुपमा सर्कुलर भयो किनकि सरकारी एजेन्सीले दिएको समाचारमा विश्वास नगर्ने विषय रहेन।

यसबारे व्यबसायी शेर्पाले उक्त बिषयमा हिजो उपप्रधानमन्त्री पोखरेलसँग आफ्नो मिटिङ भएको र त्यसैलाई लिएर सल्लाहकार पाण्डेले चीन सरकारले अनुदानमा दिएको सिलिण्डर तातोपानी आइपुग्यो भनेर भ्रमपूर्ण रुपमा प्रचार गरेको संचारमाध्यमलाई छन् ।

तातोपानी भन्सार कार्यालय आइसकेको भनिएको सिलिण्डरबारे भन्सार कार्यालयका प्रमुख नारद गौतमले भने अहिलेसम्म अक्सिजन सिलिण्डर नआइपुगेको र चीन सरकारले अनुदानमा दिएको नभइ व्यापारीले ल्याउन लागेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077