Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'प्रधानमन्त्रीले 'अनुमान'का भरमा इम्यून सिस्टम बलियो छ भनेकै कारण अनगिन्ती नागरिकको ज्यान गयो'

काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण अनगिन्ती नेपाली नागरिकले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको आरोप लगाएका छन्।

आज प्रधानमन्त्री ओलीले एक कार्यक्रममा हाम्रो इम्युन सिस्टम बलियो छ, यसैले कोरोना यस तहसम्म सर्छ भन्ने नठानेको भन्दै दिएको अभियक्तिप्रति असन्तुष्टि जनाउदै अध्यक्ष मिश्रले यस्तो आरोप लगाएका हुन्।

'प्रधानमन्त्री भएर 'अनुमान'का भरमा 'हाम्रो इम्यून सिस्टम बलियो छ' भनेर गलल्ल दर्शक हसाउँदै आवश्यक तयारी नगरेका कारण अनगिन्ती नागरिकले गुमाउनु परेको ज्यानका लागि तपाईंले जिम्मेवारी लिनुपर्छ। मिश्रले प्रधानमन्त्री ओलीको उक्त अभियक्तिलाई शेयर गर्दै सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका छन् ।

'जे भनिदिए पनि हुने, जे गरिदिए पनि हुने, त्यसको लागि दण्डित हुनु नपर्ने। यस्तो पनि हुन्छ ? भन्दै ट्वीटरमा प्रश्न समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077