Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महामारी रोक्न भन्दै नारायणकाजी श्रेष्ठ गोरखा हिँडे

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ गोरखा हिडेका छन्।

पछिल्लो समय गोरखामा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएको र कोभिड 'हटस्पट' बन्दै गैरहेको स्थितिलाई रोकथाम गर्न भन्दै चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवकसहित उनी गोरखातर्फ हिडेका हुन्।

प्रवक्ता श्रेष्ठले केहीदिन अघि पनि गोरखा पुगेर डिसिसिएमसिको बैठक, पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसंगको सामुहिक छलफल र गोरखा अस्पतालको स्थितिबारे जानाकारी लिदै गोरखामा कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारकाबारेमा तात्कालिक योजना निर्माणमा सहभागी भएका थिए।

नेता श्रेष्ठसहितको टोलीले गोरखामा रहँदा निम्न कार्यहरु गर्ने जनाएको छ :


  • केही लक्षण देखापरी शँकास्पद रहेका र कोभिड बिरामी सँग घनिभुत सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट

  • बिरामीहरुको परीक्षण ,आवश्यक परामर्श एव्ं तत्काल संभव औषधी

  • स्वास्थ्य सस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानाीय सराकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्दृत छलफल ।


प्रवक्ता श्रेष्ठले उक्त कार्यको जानकारी आफ्नै सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077