Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

को हुन् ती व्यापारी ? जसले चीनबाट सरकारले भन्दा छिटो अक्सिजन ल्याए

सिन्धुपाल्चोक। चीनबाट नेपाली व्यापारीले ल्याएको १८ हजार अक्सिजन सिलिन्डर तातोपानी नाकाहुँदै नेपाल भित्रिएका छन् ।

आज दिउँसो चीनको स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिन्डरसहित थप स्वास्थ्य सामग्री बोकेका चिनियाँ कन्टेनर नेपाल भित्रिएका हुन्।

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाका अनुसार व्यापारिक प्रयोजनका लागि व्यवसायीले १८ हजार सिलिन्डर ल्याएका हुन् । ‘हालै भित्रिएका चार कन्टेनरमध्ये दुई कन्टेनरमा स्याउ र अन्यमा खाली सिलिन्डर छन्, अरु कति आउँदै छ त्यो आएपछि थाहा हुनेछ,’ सीमाका सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठले भने । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार कन्टेनर नेपाल भित्र्याइएको श्रेष्ठको भनाइ छ ।

तातोपानी आइपुग्यो चीनबाट व्यापारीले ल्याएको १८ हजार अक्सिजन सिलिण्डर

तर, यसअघि आइतबार नै स्वास्थ्य सामग्री नाकामा आइपुगेको भनेर प्रचार गरिएको थियो । तर तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार स्वास्थ्य सामग्री आज दिउँसो मात्रै तातोपानी नाका आइपुगेको हो । ‘

व्यवसायीको भनाइअनुरुप बाटोमा रहेकामध्ये दस हजार सिलिन्डर एभरेस्ट ग्यासका सञ्चालक शिवप्रसाद घिमिरे र व्यवसायी दीपक मल्होत्राले आयात गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077