Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राप्रपाको भोट बादललाई

हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी राष्ट्रियसभाको उपनिर्वाचन अन्तर्गत बाग्मती प्रदेशमा नेकपा एमालेलाई भोट हाल्ने औपचारिक निर्णय गरेको छ ।

जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा 'बादल' उम्मेदवार रहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गर्दै बादलको पक्षमा मत मागेको र एमालेबाट बादललाई भोटहाल्न अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेलाई मतदान गर्ने निर्णय गरेको राप्रपा एक नेता जानकारी दिए ।

यस्तै, राप्रपाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट अनुरोधसहितको पत्र आएकाले एमाले उम्मेदवारको पक्षमा मतदान गर्न राप्रपाका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलाई निर्देशन समेत दिएको छ ।

बाग्मतीबाट राप्रपाका दुई प्रदेशसभा सदस्य र दुईजना गाउँँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077