Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चीनबाट थप ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ आइपुगे

    चीनबाट थप ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ आइपुगे

    भोलि र पर्सी पनि थप ल्याइदै

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थप ५ सय ७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ आइपुगेको छ ।

    आज दिउँसो ५ सय ७५ थान सिलिण्डर आइपुगेको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।



    आइतबार आएका ४ सय र सोमबार आएका ५ सय ७५ गरी चीनबाट नेपालमा ९ सय ७५ थान अक्सिजन सिलिण्डर आइपुगेको महाप्रबन्धक पौडेलले बताए । पौडेलका अनुसार सिलिण्डरसँगै १ सय ५७ वटा अक्सिजन कन्सनट्रेटर पनि आइपुगेको छ ।



    पौडेलले वायु सेवा निगमको  जहाज आज राति चीनको राजधानी बेइजिङ गएर भोलि पुनः अक्सिजन र कन्सन्ट्रेटर लिएर आउने जानकारी दिए । यस्तै, भोलि राति पुनः गएर पर्सी पनि स्वास्थ्य सामग्री ल्याउने तालिका रहेको बताए ।

    यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत ५ सय ५० वटा अक्सिजन सिलिण्डर नेपाल ल्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार