Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दैलेखमा जीप दुर्घटना हुँदा २ को मृत्यु

दैलेख । दैलेखमा आज बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बरको जीप दैलेखको दुल्लु नगरपालिका–३, सियालामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अनुपम श्रेष्ठका अनुसार जीप चालक जुम्लाको गुटिचौर गाउँपालिका–४ का ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको घट्नास्थलमै मृत्यु भएको हो ।

जीपमा दुई जना मात्रै सवार थिए । घट्नाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077