Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीमा खैरो हिरोइनसहित 'दिलु-राधा' पक्राउ

कैलाली। इलाका प्रहरी कार्यालय टिकापुरले लागूऔषध खैरो हिरोइनसहित २ जना युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा टीकापुर नगरपालिका ७ का २४ बर्षीया दिलु पाण्डे र १६ बर्षीया राधा पाण्डे रहेका छन्। उनीहरु दुबैलाई सोमबार दिउँसो प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार उनीहरुको साथबाट करिब ९।९५० ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको छ। पक्राउ परेका उनीहरुमाथि म्याद थप गरी अनुसन्धान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077