Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

निषेधाज्ञामा पनि कसरी गुड्यो ट्रक ? एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

काठमाडौं । पछिल्लो समय प्राय: देशभर पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ। सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै देशभर अत्यावस्यक सवारी साधनबाहेक अन्यलाई रोक लगाएको छ। तर, निषेधाज्ञाको समयमा पनि लागूऔषध कोरोबारमा भने कमी आएको देखिदैन। अझै भन्ने हो भने निषेधाज्ञाको समयमा पनि ट्रकमा लागूऔषध लोड भएको समाचारले अचम्मित बनाउने गरेको पाइन्छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ट्रकमा लोड गरिएको एक क्विन्टल गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-५ का ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालिका-९ का ४१ वर्षीय राजकुमार तामाङ र कैलाश गाउँपालिका-१० का ३६ वर्षीय सुविन रुम्बा रहेका छन्।

सोमबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ बाट विषेश सूचनाको आधारमा सो परिमाणको लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

एसपी राठौरका अनुसार ना२ख ९८६२ नम्बरको ट्रकबाट एक क्वीन्टल गाँजा बरामद भएको हो। उनीहरु मध्ये ठाडामगर ट्रकका चालक हुन् भने तामाङ र रुम्बा गाँजा ओसारपसारमा संलग्न व्यक्ति रहेको एसपी राठौरको भनाइ छ।

उनीहरूलाई लागूऔषध मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको राठौरले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077