Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सरकारलाई चुनौती दिँदै व्यवसायीहरु, चीनबाट आजपनि थप ६०० थान सिलिण्डर तातोपानी आइपुग्यो

सिन्धुपाल्चोक। चीनले अनुदान स्वरुप दिएको १८ हजार अक्सिजन सिलिन्डर नेपाल सरकारले अझै ल्याई नसकेको बेला निजी क्षेत्र अर्थात् व्यापारीहरुले भने धमाधम अक्सिजन ल्याइरहेका छन्।

हिजो (सोमबार) मात्रै व्यापारीद्वय शिवप्रसाद घिमिरे र दीपक मल्होत्राले चीनबाट स्थलमार्ग हुँदै १८ हजार सिलिन्डर नेपाल भित्र्याएकोमा आज पनि अर्को निजी संस्था नेपा हिमा ट्रेड लिंकले ६ सय थान ४० लिटर क्षमताको सिलिण्डर पनि भित्र्याएको छ।

को हुन् ती व्यापारी ? जसले चीनबाट सरकारले भन्दा छिटो अक्सिजन ल्याए

जिल्लास्थित तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार चीनबाट आजै दुई वटा कन्टेनरमा अक्सिजन सिलिण्डर तातोपानी भन्सार कार्यालयमा ल्याइएको छ । भन्सार प्रक्रिया सकेर ती सिलिण्डरहरु आजै काठमाडौं पठाउछौँ, गौतमले भने।

पछिल्लो समय कोरोनाको महामारीमा सरकारको तिब्रता भन्दापनि नीजी क्षेत्रका व्यवसायीहरुले तिब्रता दिएको पाइएको छ। जसले गर्दा सरकारको ढिलासुस्तीमा निजि क्षेत्रले चुनौती दिएको  देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077