Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाँके र रूपन्देहीमा गरी कोरोनाबाट थप १७ को मृत्यु

    बाँके र रूपन्देहीमा गरी कोरोनाबाट थप १७ को मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बाँके र रूपन्देहीमा गरी थप १७ जनाको मृत्यु भएको छ ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मंगलबार रातिदेखि आज बिहानसम्म बाँकेमा १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सात बाँकेका तथा आठ अन्य जिल्लाका रहेका छन् । सात जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र आठ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।



    मृत्यु हुनेमा रुकुम पश्चिमको सानोभेरी नगरपालिका–११ का ३६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१२ का ४१ वर्षीय पुरुष, बर्दियाको बढैयाताल गाउँपालिका–२ का ८४ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–६ का ४५ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका–२ की ५९ वर्षीया महिला र कैलालीको टीकापुर नगरपालिका–११ की ५८ वर्षीया महिला रहेका छन् ।



    यस्तै कोहलपुर नगरपालिका–११ की ५८ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–३ का ६१ वर्षीय, रुकुम–पश्चिमको त्रिवेणी गाउँपालिका–१ की २७ वर्षीया महिला, नेपालगन्ज–४ का ६७ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–४ का ४२ वर्षीय पुरुषको पनि कोरोनाबाट ज्यान गएको छ ।

    यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ६३ वर्षीय पुरुष, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ३८ वर्षीया महिला, दाङको तुलसीपुर उपमहानगरपालिका–२ का ६५ वर्षीय पुरुष तथा कैलालीको लम्कीचुहा नगरपालिका–५ की ६८ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ ।

    यस्तै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचाररत बुटवल–१३ की ८० वर्षीया महिलाको आज बिहान तथा ओमसतिया–१ का ४० वर्षीय पुरुषको पनि आज बिहान कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार