Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोनाबाट थप १ जनाको मृत्यु, ८२ जनामा संक्रमण

    कोरोनाबाट थप १ जनाको मृत्यु, ८२ जनामा संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 603
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ ।



    त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    १ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन् ।

    सोही अवधिमा थप ६५ जना सङ्क्रमणमुक्त भएका छन भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६१ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार