Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गगन थापाको नेतृत्वले शुरु गर्यो निशुल्क अस्पताल यातायात सेवा, यी नम्बरहरूमा सम्पर्क गर्नुहाेस्

    गगन थापाको नेतृत्वले शुरु गर्यो निशुल्क अस्पताल यातायात सेवा, यी नम्बरहरूमा सम्पर्क गर्नुहाेस्

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 8.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले निशुल्क अस्पताल यातायात सेवा सुरू गरेका छन् ।

    काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दालाई लक्षित गरेर संचालन गरीएको निशुल्क अस्पताल यातायात सेवाले घरमै आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूलाई अस्पताल आउजाउ गर्नुपरेको अवस्थामा सहयोग गर्ने उनको भनाइ छ।



    कोरोना संक्रमितका लागि एम्बुलेन्स र यातायात सेवा पाउन गाह्रो भएको बताउँदै उनले केही सहयोगीहरूको सहयोगमा सवारी साधनको व्यवस्थापन गरेर सेवा सुरू गरेको जानकारी दिएका छन् ।



    काठमाडौं महानगरतर्फ ९८५१०९६३०३  र बुढानिलकण्ठ नगरपालिकातर्फ ९८५१०६५२५६/ ९८५१०७२१२९ मोबाइल नम्बरमा सम्पर्क गर्न थापाले अनुरोध गरेका छन्।

    साथै हटलाइन नम्बर ९८६०३४०५८७ मा एसएमएस पनि गर्न सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार