Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुख्यमन्त्री गुरुङद्वारा मन्त्रिपरिषदको विस्तार, मनाङेसहित ५ जना मन्त्री नियुक्त

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनको मन्त्रिपरिषदमा साविककै मन्त्रीहरु रहेका छन्।

बिस्तारको क्रममा आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी किरण गुरुङलाई दिइएको छ भने अन्य मन्त्रीहरु रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनलाई आजै बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गर्ने स्रोतले जानकारी दिएको छ ।

उनीहरुले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

पुनर्नियुक्त भएका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ भने सपथ ग्रहण समारोहमा सहभागी भएनन् । उनी कामविशेषले जिल्लाबाहिर भएकाले सपथग्रहण कार्यक्रममा सहभागी हुन नपाएको बताइएको छ।

मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077