Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लुम्बिनीमा पुन: हंगामा, मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षीको निर्णय

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको बिषयलाई लिएर पुन: हंगामा शुरु भएको छ।

प्रमुख विपक्षी दलहरु(नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा)ले पुन: हंगामा सुरु गर्दै मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् ।

आज दिउँसो बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेसँगै अदालतमा जाने निर्णय गरेका हुन्।

प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलको पक्षमा बहुमत नभए पनि उनलाई पुन सोही पदमा नियुक्त गरेकोमा आपत्ति जनाउदै ९ जना सांसदहरुले हस्ताक्षर समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077