Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • लुम्बिनीमा पुन: हंगामा, मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षीको निर्णय

    लुम्बिनीमा पुन: हंगामा, मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षीको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको बिषयलाई लिएर पुन: हंगामा शुरु भएको छ।

    प्रमुख विपक्षी दलहरु(नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा)ले पुन: हंगामा सुरु गर्दै मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् ।



    आज दिउँसो बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेसँगै अदालतमा जाने निर्णय गरेका हुन्।



    प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलको पक्षमा बहुमत नभए पनि उनलाई पुन सोही पदमा नियुक्त गरेकोमा आपत्ति जनाउदै ९ जना सांसदहरुले हस्ताक्षर समेत गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार