Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अक्सिजनका सिलिन्डरमा कालोबजारी, १५ हजार पर्नेलाई ४१ हजारसम्म ! तीन जना पक्राउ

ललितपुर। महानगरीय प्रहरी परिसर ललितपुरले अक्सिजन सिलिन्डरको कृतिम अभाव सिर्जना गर्दै  बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको अभियोगमा ३ जनालाई  पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका-३ घर भएका ३९ वर्षीय रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका-१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएका ४२ वर्षीय नबराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका-२ घर भएका ४२ वर्षीय राम शरण अधिकारी रहेका छन् ।

उनीहरु तीनै जनालाई ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। 

पक्राउ परेकाहरुले  बजारमा १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्य भन्दा बढी लिई प्रति सिलिण्डर ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाइ छ  ।

प्रहरीले  उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर १ थान, सोही सिलिन्डर विक्री गर्दै गरेको नगद ४१ हजार रुपैयाँ र ४ थान रसिद समेत बरामद गरेको छ । 

उनीहरु उपर कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077