Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीले विश्वासको मत नलिने, धारा ७६ (५)को सरकार गठनको प्रक्रियामा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री ओली ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नजाने निर्णय गरेको स्रोतले बताएको छ।

त्यसका लागि प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताइएको छ।

त्यस्तै आजको बैठकले संसदको अधिवेशन जेठ ९ गते गर्ने निर्णय समेत गरेको र त्यसका लागि आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको स्रोतको भनाइ छ।

यसअघि संसदमा विश्वासको मत गुमाएका ओली संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा एमाले संसदीय दलका नेताको हैसियतमा  प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077