काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ सरकार बनाएर ओलीलाई बिदा गर्नुपर्ने वताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनका लागि प्राप्त समयसीमा भित्रै बहुमत पुर्याएर नयाँ सरकार गठन गर्नुपर्ने थापाको तर्क छ।
नेता थापाले नयाँ सरकार गठन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्नुपर्ने पनि उल्लेख गरेका छन्।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वासको मत लिन मन नलाग्ने प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया शुरु गर्ने हो। नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं, सुझबुझ पुर्याऔं र यीनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’
आज बेलुका मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन । राष्ट्रपतिको जुन कदमबारे चौतर्फी बिरोध भइरहेको छ।
https://twitter.com/thapagk/status/1395407541975228416?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1395407541975228416%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fnepallive.com%2Fstory%2F247256%3Ffbclid%3DIwAR0zmm4M88XShslFOxX26LqTRd5Nt7d50YOTbNqbrYBi5NYnS-GRJckx4dM