Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोरखाबाट रातारात काठमाडौँ किन आए नारायणकाजी श्रेष्ठ ?

काठमाडौँ। गोरखामा कोभिड परीक्षण र परामर्श सेवा अभियान अन्तर्गतको कार्यक्रममा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कार्यक्रमलाई बीचमै छाडेर राजधानी आएका छन्।

हिजो बेलुका मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ बमोजिम बैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन ।

बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीले गरेको निर्णय संबिधान बिपरित रहेको भन्दै त्यसको विरुद्दमा आज बिहानै देखि माओवादीले छलफल र परामर्श थाल्ने भएपछि नेता श्रेष्ठ रातारात काठमाडौँ आएका हुन्।

प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र लोकन्तन्त्रकोबिरुध्द भद्दा निरङ्कुश कदम चालेपछि नयाँ राजनीतिक परिस्थितिका कारण आफू काठमाडौँ आएको श्रेष्ठको भनाइ छ।

श्रेष्ठका अनुसार यतिबेला प्रतिगमन र निरङ्कुशतालाई परास्त गर्न माओबादी आवश्यक छलफलमा जुटेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077