Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

माओवादीले बोलायो स्थायी कमिटीको बैठक, आज खास निर्णय हुने नारायणकाजीको दावी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको लागि आज बेलुका सम्मको समय दिएकी छिन्। यसैबिषयमा छलफल गर्न बैठक बोलाइएको श्रेष्ठले बताए।

प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र लोकन्तन्त्रकोबिरुध्द भद्दा निरङ्कुश कदम चालेपछि नयाँ राजनीतिक परिस्थितिका कारण आफू पनि गोरखाबाट रातारात काठमाडौँ आएको श्रेष्ठले बताए।

प्रतिगमन र निरङ्कुशतालाई परास्त गर्न माओबादीको आजको बैठक खास हुने श्रेष्ठले दावी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077