Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कमल थापाले भने- ओली र देउवा दुबै जाली/किर्ते हुन् , जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाललेका अध्यक्ष केपी शर्मा ओली दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार 'बिश्वासको मत प्राप्तगर्ने'आधार नभएको वताएका छन्।

अध्यक्ष थापाले सामाजिक सन्जालमा लेख्दै भनेका छन्, 'दुवै जाली/किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस्। यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ' ।

आज मात्र विपक्षी गठबन्धनका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न १४९ सांसदसहितको हस्ताक्षार राष्ट्रपतिलाई बुझाएका थिए भने केपी ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको जानकारीसहित राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए।

ओली र देउवा दुबैलाई हस्ताक्षार चोरेको आरोप लागेको बेला थापाको यस्तो भनाइ आएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077