Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु

सप्तरी । जिल्लाको रुपनीमा करेन्ट लागेर शुक्रबार राति एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका वडा नम्वर ३ हर्दिका गाउँका संतोष यादवको २४ वर्षीया श्रीमति अमृता देवी यादव रहेका छन् ।

उनी आफ्नै घरमा जडान रहेको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका अमृतालाई उपचारको लागि रुपनी स्थित यूनिक अस्पताल लैजाँदै गरेको अवस्थामा उनको बाटोमा नै मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077