Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • यो महामारीमा चुनाव देशलाई होइन महाराज र महारानीलाई चाहिएको हो : झाँक्री

    यो महामारीमा चुनाव देशलाई होइन महाराज र महारानीलाई चाहिएको हो : झाँक्री

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले कोरोना महामारीको कारण जनताहरु छटपटिरहेको अहिलेको अवस्थामा चुनाव आवश्यकता नभएको बताएकी छन् ।

    मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको नयाँ मिति घोषणा गरेको विषयलाई लिएर नेतृ झाँक्रीले आफूहरुले अन्तिम समयसम्म संसदलाई जोगाउन चाहेको भए पनि खराब नियतका मान्छेहरुको षड्यन्त्रसामु आफूहरुको केही नलागेको बताएकी छन्।



    सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारालाई महारानी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजको संज्ञा दिँदै उनीहरुलाई नै चुनाव आवश्यक भएको धारणा राखेकी छन्।



    नेतृ झाँक्रीले भनेक छन्–‘ जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ। यो सत्ताको अपराधिकरण हो।’

    सरकारको यो असंवैधानिक क्रियाकलापले मुलुक एउटा अँध्यारो युगमा प्रवेश गरेको बताउँदै उनले भनेकी छन्–‘कोरोना महामारीको कारण जनताहरु छटपटिरहेको बेला त्यसको व्यवस्थापनमा नगर्नु र जनताले ज्यान गुमाउनुलाई सत्ताको अपराधीकरण भएको बताउँदै अहिलेको आवश्यकता चुनाव होइन ।’

    नेतृ झाँक्रीले फेसबुकमा लेखेको स्टेटस
    एउटा अँध्यारो युगको सुरूवात !

    हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन।

    यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ। यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनावरु जनताले हिसाबकिताब त पक्कै राख्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार