Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपतिको सम्मानका बारेमा ओलीलाई गगनको जवाफ - गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएपछि कांग्रेस नेता गगन थापाले ओलीको चर्को आलोचना गरेका छन्।

थापाले सामाजिक सन्जालमा लेख्दै भनेका छन् , 'राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!! 'सम्माननीय राष्ट्रपति'बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।'

ओलीले आज एक कार्यक्रममा भनेका थिए –‘मैले आज प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्य हरेँ, राष्ट्रपतिलाई तपाईसम्म भन्न सभ्यता नेपाली कांग्रेसमा रहेन । तिमी, उनी, यसो गरिन् यस्तो भाषा बोलिएको छ ।आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्छन् । तपाई पनि भन्नु हुँदैन भन्ने ठान्छन् राष्ट्रपतिलाई ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077