Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव नेपालले अर्को पार्टी खोल्न लाग्दा योगेश भन्छन् - विगतलाई हेरेर संवाद गरौं, धैर्य गरौं

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले बदलाको राजनीतिले सही गन्तव्यमा नपुर्याउने आशय ब्यक्त गरेका छन्।

पछिल्लो समय पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आन्तरिक द्वन्द चर्किदै गएको बेला पार्टी एकतामा जोड दिँदै आएका नेता भट्टराईले यस्तो आशय व्यक्त गरेका हुन्।

पार्टीको विगतलाई हेरेर धैर्य र संवाद गर्नु पर्ने भन्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, 'कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ। धैर्य गरौ, संवाद गरौ ।'

स्मरण रहोस केही दिनअघिसम्म नेपा पक्षमा रहेर भट्टराई पछिल्ला दिनहरुमा अध्यक्ष ओली प्रति झुकाव राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077