Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी जवानद्वारा कार्यालय परिसरभित्रै पासो लगाई झुण्डिएर आत्महत्या

बर्दिया। जिल्लाको कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा पाल्पा रम्भा गाउँपालिका घर भई कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत २५ बर्षीय प्रहरी जवान कुशल खाम्चा रहेका छन्।

खाम्चाले गएराति चौकी परिसरभित्रकै रुखमा पासो लगाई झुन्डिएर आत्महत्या गरेको बर्दिया प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पुर्याइएको छ ।

घटनाका विषयमा यहाप अनुसन्धान भईरहेको डीएसपी शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077